८ बैशाख, २०८१ शनिबार

04:47:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने गरी विकास गर्नुपर्ने सञ्चारमन्त्रीको भनाई

Nepal Business

१८ भदौ, २०७९

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने गरी विकास गर्नुपर्ने सञ्चारमन्त्रीको भनाई

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तराष्ट्रिय क्षेत्रमा पुराउने गरि नेपालको चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल चलचित्र निर्माता संघको १६ औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अहिले लाखौ नेपालीहरु रोजगारका लागि बिभिन्न देशमा रहेको भन्दै नेपालको चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुराउने गरि विकास गर्नुपर्ने बताउनुभएको हो ।

विदेशमा रहेका नेपालीहरुलाई पनि सहज रुपमा नेपाली चलचित्र हेर्न सक्ने गरि काम गर्नुपर्ने उहाँको सुझाव छ । 

यस्तै मन्त्री कार्कीले धेरै राम्रा सिनेमाहरु बनेको र आगामी दिनमा कला संस्कृति र भूगोललाई मध्यनजर गर्दै विश्व बजारमा राम्रै स्थान पाउने जिकिर गर्नुभयो । 
कार्यक्रममा विभिन्न व्यीक्तहरुलाई सम्मान गरिएको थियो ।