१८ माघ, २०८१ शुक्रबार

06:49:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भ्रष्टाचार गरेको आरोपमा ६ जना विरुद्द मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

१७ भदौ, २०७९

भ्रष्टाचार गरेको आरोपमा ६ जना विरुद्द मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा छ जना विरुद्द अदालतमा मुद्दा दायर गरेको छ । 

शुक्रबार आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेर वहादुर श्रेष्ठ, सव–इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो । 

मुगु जिल्लाको सोरु गाउँपालिका वडा.नं. ४स्थित दैरीखोला रापलवाडा तटबन्धन आयोजना कार्यको मूल्यांकनभन्दा बढी उनीहरुले १८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा भुक्तानी लिने÷दिने गरी पाइएको आयोगले जनाएको छ ।