१३ बैशाख, २०८१ बिहिबार

10:14:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हनुमानढोका दरबार स्क्वायर क्षेत्रदेखि ठेमेलसम्म सरसफाई

Nepal Business

१७ भदौ, २०७९

हनुमानढोका दरबार स्क्वायर क्षेत्रदेखि ठेमेलसम्म सरसफाई

काठमाण्डौं । पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल, ग्रीन नेपाल अभियानको नारा सहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार काठमाण्डौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गर्नु भएको हो । 

सो अवसरमा विभिन्न संस्थाका प्रमुखहरूलाई कुचो हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले जनचेतनाकासाथ सबैको सहयोग सहकार्य रहेमा पर्यटकीय स्थलहरू सधैं सफा रहने बताउनुभयो ।

उहाँले पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल  ग्रीन नेपाल अभियानको अवधारणा अन्र्तगत प्रदेश सरकार, स्थानीय तहहरु, नागरिक समाज, एवं निजी श्रेष्सँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्ने कार्यक्रम अनुरुप यो अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर, असन, डंहिटी चोक हुँदै ठमेलको नरसिंह चोक लगायतका स्थानहरूमा  सरसफाइ गरिएको थियो । 

सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले जानकारी दिनुभयो । 

सरसफाई कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव सुरेश अधिकारी सहित  नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, काठमाण्डौं महानगरपालिका, होटल संघ नेपाल (हान), नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा),ठमेल पर्यटन विकास परिषद, नेपाल प्रहरी, पर्यटक प्रहरी लगायतका संस्थाहरूबाट सहभागिता रहेको थियो । 

ठमेलमा कार्यक्रम समापनका अवसरमा पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकीय स्थलको सरसफाइलाई सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 
सो अवसरमा उहाँले सरसफाई अभियानमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै ठमेल पर्यटन परिषदका अध्यक्ष भविश्वर शर्मालाई सरसफाई सामग्री हस्तान्तरण गर्नु भएको थियो । 

अब क्रमशः परिषदले साप्ताहिक रुपमा सो क्षेत्रमा सरसफाई अभियान संचालन परिषदका अध्यक्ष भविश्वर शर्माले प्रतिवद्धता व्यक्त गर्नु भयो ।