१६ चैत, २०८० शुक्रबार

03:51:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पर्यटक लोभ्याउँदै बेतना सिमसार

Nepal Business

१६ भदौ, २०७९

घुमफिर तथा सुन्दर प्राकृतिक दुश्यावलोकनलाई पूर्वमा पहिलो रोजाइ बन्ने गरेको छ यो क्षेत्र । यहाँ माछा, कछुवा, चराचुरुङ्गी, अनेक जीवजन्तु एवं विविध भौतिक संरचना रहेका छन् ।

पर्यटक लोभ्याउँदै बेतना सिमसार

मोरङ
मोरङको बेलबारीमा रहेको बेतना सिमसारले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । 

बेतना सिमसारमा दैनिक करिब आठ सयदेखि एक हजारसम्म आगन्तुक आउँछन् । यहाँ स्थानीयलगायत भारतको दार्जिलिङ, सिक्किम र बङ्गलादेशबाटसमेत पर्यटक घुम्न आउने गर्छन् । 

बेतना सिमसारमा दैनिक करिब आठ सयदेखि एक हजारसम्म आगन्तुक आउँछन् । यहाँ स्थानीयलगायत भारतको दार्जिलिङ, सिक्किम र बङ्गलादेशबाटसमेत पर्यटक घुम्न आउने गर्छन् । 

घुमफिर तथा सुन्दर प्राकृतिक दुश्यावलोकनलाई पूर्वमा पहिलो रोजाइ बन्ने गरेको छ यो क्षेत्र । यहाँ माछा, कछुवा, चराचुरुङ्गी, अनेक जीवजन्तु एवं विविध भौतिक संरचना रहेका छन् । 

बेतना सिमसारमा रहेको विशाल तथा सुन्दर पोखरीमा डुङ्गा सयरको आनन्दमा रमाउनेहरु पनि उत्तिकै भेटिने बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेतले बताउनुभयो । 
 
यहाँ अध्ययन अवलोकनका लागि बिदाको दिन शिक्षक विद्यार्थीकोसमेत अहिले चहलपहल बढेको छ । बालबालिकालगायत बुढाबुढी सबैका लागि आनन्द साथ  घुमफिरमा बेतना सिमसारले मन खिच्ने गरेको छ ।