१८ माघ, २०८१ शुक्रबार

06:44:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महानगरको चेतावनीपछि फनपार्कले बुझायो १७ लाख

Nepal Business

१६ भदौ, २०७९

यसअघि महानगरपालिकाले फनपार्कलाई कर तिर्न २४ घण्टाको समय दिएर बुधबार पत्र काटेको थियो ।

महानगरको चेतावनीपछि फनपार्कले बुझायो १७ लाख

 काठमाडौं ।

 महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले कर तिरेको छ ।

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । यो मनोरन्जन करवापतको रकम हो ।

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । यो मनोरन्जन करवापतको रकम हो ।

फनपार्कले साउनसम्मको बक्यौता तिरेको हो । बहाल कर भने फनपार्कले समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको पाइएको छ । सोही अनुसार महानगरपालिकाले परिषद्लाई ताकेता गर्ने समेत उहाँले जानकारी दिनुभयो ।

यसअघि महानगरपालिकाले फनपार्कलाई कर तिर्न २४ घण्टाको समय दिएर बुधबार पत्र काटेको थियो ।