४ जेठ, २०८१ शुक्रबार

11:17:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेला महोत्सवको मौका पारेर चोरी, सात भारतीय पक्राउ

Nepal Business

४ माघ, २०७८

मेला महोत्सवको मौका पारेर चोरी, सात भारतीय पक्राउ

४ माघ । विभिन्न मेला महोत्सव तथा भीडभाडमा चोरी गर्ने सात जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।  

पक्राउ पर्नेमा भारत गोरखपुरका २५ वर्षीया प्रियाङका देवी, २० वर्षीया अतिम्मा देवी, २५ वर्षीया पायल देवी, १८ वर्षीया नितु देवी, ३५ वर्षीया शिल देवी, ४० वर्षीया मञ्जु देवी र १८ वर्षीया आरोही भारती रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

यही माघ १ गते दिउँसो १२ः३० बजे शहीदचोकको फुटपाथमा सामान किनमेल गरिरहेको समयमा भरतपुर महानगरपालिका–१० का वसन्त गिरी र सीता गिरीको झोलमा रहेको रु छ हजार नगद र दुईवटा औँठी उनीहरुले चोरी गरेका थिए । ती औँठी रु ९४ हजार बराबरको रहेको प्रहरीले जनएको छ ।

उनीहरुले गिरी दम्पतीलाई घेरा हाली झोला समात्ने, अन्य कुरा गरी ध्यान भड्काउनेजस्ता क्रियाकलाप गर्ने गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । उनीहरुको साथबाट दुई थान सुनको आँैठी, रु छ हजार नगद र दुई थान एटिएम बरामद गरिएको उहाँले बताउनुभयो ।

सोही समूहले त्यसै दिन भरतपुर महानगरपालिका–५ कल्याणपुरकी ७४ वर्षीया चन्द्रमायाँ श्रेष्ठको रु दुई लाख बराबरको सुनको सिक्री चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई चोरी मुद्दामा चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अधिकारीले भीडभाडमा यस्ता प्रकृतिका मानिस देखिएमा सजग भई प्रहरीलाई खबर गर्नसमेत सबैमा अनुरोध गर्नुभयो ।