३० बैशाख, २०८१ आइतबार

03:18:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपी आलम कांग्रेसको उम्मेदवार सिफारिस

१६ भदौ, २०७९

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपी आलम कांग्रेसको उम्मेदवार सिफारिस

काठमाडौं । जिउँदो मान्छेलाई इँटा भट्टामा जलाएको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।

कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको छ । समितिले उक्त निर्वाचन क्षेत्रका लागि आलमको मात्रै नाम सिफारिस गरेको हो ।

आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेपछि निलम्बनमा परेका थिए ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनका बेला रौतहटका राजपुरमा भएको बम विष्फोटमा करिब २० जनाभन्दा धेरैको ज्यान गएको थियो ।