८ जेठ, २०८१ मंगलबार

01:55:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश

Nepal Business

१६ भदौ, २०७९

नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाण्डौं । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ । 

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नागरिकता विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको हो ।

समितिमा उक्त विधेयकमाथि दुई दिन छलफल भई हुबहु पारित भएको थियो । विधेयकमा सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री, कानून मन्त्रालय लगाएत सवै सरोकारवालाहरुसँग छलफल गरेको मिश्रले जानकारी दिनुभयो । 

त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेश गरिएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेश गर्नुभएको थियो ।