२६ जेठ, २०८२ आइतबार

04:40:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानन्यायाधीश जबरासँगको दोस्रो दिनको बयान सकियो, भदौ १९ गते पुनः बोलाइयो

१६ भदौ, २०७९

प्रधानन्यायाधीश जबरासँगको दोस्रो दिनको बयान सकियो, भदौ १९ गते पुनः बोलाइयो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।  जबरालाई महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि ११ बजे सिंहदरवारमा बोलाएको थियो ।

झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये बिहीबारसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक भदौ १९ गतेलाई राखिएको छ ।