१२ बैशाख, २०८१ बुधबार

05:02:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको पहिलो महिनामा चोभार भन्सारबाट ३ करोड रुपैयाँको वैदेशिक व्यापार

Nepal Business

१६ भदौ, २०७९

चालु आर्थिक वर्षको पहिलो महिनामा चोभार भन्सारबाट ३ करोड रुपैयाँको वैदेशिक व्यापार

काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा चोभार भन्सारबाट ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा २ करोड ९७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । 

विभागको तथ्यांक अनुसार साउन महिनामा सो भन्सारबाट २ करोड ६३ लाख ९३ हजार रुपैयाँको वस्तु आयात गर्दा ३३ लाख ८ हजार रुपैयाँको निर्यात भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले डेढ अर्ब बढी रकम खर्चेर निर्माण गरिएको सो बन्दरगाहको भन्सारबाट हालसम्ममा १३ करोड ४१ लाख ४८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ । जसमा सो भन्सारले १२ करोड ५२ लाख ७० हजार रुपैयाँको वस्तु आयात हुँदा ८८ लाख ७८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

चोभार भन्सार २०७८ को चैत २२ गतेबाट पूर्ण सञ्चालनमा आएको हो ।