१८ माघ, २०८१ शुक्रबार

06:21:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान जारी

१६ भदौ, २०७९

प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान जारी

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उहाँको बयान जारी रहेको हो । बुधबारबाट सुरु गरिएको उहाँको बयान बिहीबार पनि जारी रहेको हो । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये हिजो बुधबार  ४ प्रश्नको वरिपरि बयान लिइएको थियो ।

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । बुधबारको बयानमा उहाँले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको बताउनुभएको थियो ।