१८ माघ, २०८१ शुक्रबार

06:31:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महानगरले काठमाडौं फनपार्कलाई दिएको समय सकिँदै, होला त सिलबन्दी ?

१६ भदौ, २०७९

महानगरले काठमाडौं फनपार्कलाई दिएको समय सकिँदै, होला त सिलबन्दी ?

काठमाडौं । कर तिर्नका लागि काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई दिएको समय आज (बिहीबार) सकिँदै छ । बुधबार महानगरपालिकाको तर्फबाट राजस्व विभाग प्रमुख शिवराज अधिकारीले काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न पत्र पठाउनुभएको थियो ।

वर्षौदेखि काठमाडौं फनपार्कले व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र पठाउको थियो ।

पत्रमा भनिएको छ, ‘पटकपटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’

तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको छ ।