१५ बैशाख, २०८१ शनिबार

07:20:16 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन हुने

Nepal Business

१५ भदौ, २०७९

सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउनेछन् ।

काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन हुने

काठमाडौँ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने सम्बन्धमा सरोकार भएका पक्षसँग परामर्श गर्नुभएको छ ।

 काठमाडौँ, भक्तपुर र ललितपुुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले आज बुधबार सरोकारवालासँग छलफल गर्नुभएको हो । मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदायात्राले पर्यटकको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले रात्रिकालीन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने बताउनुभयो । 

सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउनेछन् । 

पर्यटन व्यवसायी र स्थानीय बासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदायात्रा सञ्चालन गरिने जनाइएको छ ।