५ जेठ, २०८१ शनिबार

12:45:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पर्यटनस्थलको प्रचारप्रसारमा कमी : नेता नेपाल

Nepal Business

१५ भदौ, २०७९

“हामीले हिमाल, तालतलैया, मुगुको रारा, संसारको सबैभन्दा अग्लो तिलिचो ताललाई बजारीकरण गर्न सकेको छैनौँ,” उहाँले भन्नुभयो, “नेपालमा रहेका ऐतिहासिक थलो, गढिको राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् ।”

पर्यटनस्थलको प्रचारप्रसारमा कमी : नेता नेपाल

काठमाडौँ,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताउनुभएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज बुधबार आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बताउनुभयो । 

एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज बुधबार आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बताउनुभयो । 

“हामीले हिमाल, तालतलैया, मुगुको रारा, संसारको सबैभन्दा अग्लो तिलिचो ताललाई बजारीकरण गर्न सकेको छैनौँ,” उहाँले भन्नुभयो, “नेपालमा रहेका ऐतिहासिक थलो, गढिको राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् ।” 

उहाँले भारतको उत्तर प्रदेश र विहार प्रदेशमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपालको चिसो मौसममा ल्याउनुपर्ने भनाइ राख्नुभयो । 

उहाँले नारायणहिटी सङ्ग्रहालयलाई ठूलो सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “अहिलेसम्म नेपालमा भएका राजतन्त्रकालको सबै चिज सङ्ग्रहालयमा देख्न पाइयोस् ।

किरात, लिच्छवी, महिसपाल वंश, सेन वंश, शाहवंशले कसरी शासन सञ्चालन गरेका थिए । त्यो सबै कुरा सङ्ग्रहालयमा राख्नुपर्दछ । त्यो हेर्न विदेशी आउने छन्”, उहाँले भन्नुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृति र  अस्तव्यस्त रहेकोले सुधार्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले सरकारले ४७ अर्ब रुपियाँ बजेट दिए पनि सरकारसँग नेपाल वायुसेवा निगमले समन्वय नगरेकोले अस्तव्यस्त भएको बताउनुभयो । उहाँले वायुसेवा निगमले सञ्चालन गरेको ध्वजाबहाक जहाज बिग्रिएर सञ्चालन हुन नसकेको बताउनुभयो ।