१६ फागुन, २०८१ शुक्रबार

10:34:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लौरो किन्न २० लाख बजेट....

Nepal Business

१५ भदौ, २०७९

प्रहरीले प्रतिलठ्ठी रु दुई सयका दरले खरिद गर्दैछ । त्यो भन्दा बढीमा भने लौरो किन्न पाइने छैन ।

लौरो किन्न २० लाख बजेट....

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ,
शीर्षक पढ्दा तपाईलाई अच्चम्म लाग्न सक्छ । तर यो सत्य हो की नेपाल प्रहरीलाई लौरो किन्नका लागि रु २० लाख रकम प्राप्त भएको छ । 

यसपाली भने आगामी निर्वाचनका लागि प्रहरीलाई लौरो किन्न सरकारले रु २० लाख दिएको छ । त्यसबाट प्रहरीले १० हजार लौरो किन्नेछ ।

प्रहरीको साथी हो लौरो । त्यही लौरोका सहारामा प्रहरीले कयौँ आपराधिक घटना नियन्त्रण गर्छन् ।

यसपाली भने आगामी निर्वाचनका लागि प्रहरीलाई लौरो किन्न सरकारले रु २० लाख दिएको छ । त्यसबाट प्रहरीले १० हजार लौरो किन्नेछ ।

प्रहरीले प्रतिलठ्ठी रु दुई सयका दरले खरिद गर्दैछ । त्यो भन्दा बढीमा भने लौरो किन्न पाइने छैन । 

यस्तै प्रहरीले नयाँ १८० वटा गाडी किन्नका लागि रु ७५ करोडसमेत प्राप्त गरेको प्रहरी  नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।