१८ माघ, २०८१ शुक्रबार

06:22:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्सबीच सम्झौता

१५ भदौ, २०७९

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्सबीच सम्झौता

काठमाडौं । पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स  साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गर्नुभएको छ । मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो ।