५ जेठ, २०८१ शनिबार

07:10:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुरातात्विक क्षेत्रको पुननिर्माण कहाँ पुग्यो...?

Nepal Business

४ माघ, २०७८

पुरातात्विक क्षेत्रको पुननिर्माण कहाँ पुग्यो...?

काठमाडौँ, ४ माघ ।  गृहमन्त्री बालकृष्ण खाँणले भुकम्पले क्षतिग्रस्त पुरातात्विक संरचनाको पुननिर्माणको अवस्थाबारे सरोकारवाला निकायसँग जानकारी लिँदै निर्माण कहाँ पुग्यो र किन निर्माण सम्पन्न हुन सकेन भनेर प्रश्न राख्नुभएको छ ।

भुकम्प गएको लामो समयसम्म पनि टेका लगाएका घर र संरचनाहरू देखिएका भन्दै अब छिटो ती संरचनाको पुनर्निमाण सक्न निर्देशन

मंगलबार गृह मन्त्रालयमा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, गसठी संस्थानका अध्यक्ष पुण्य भुसाल, सिएलपीआइयुका कोषनाथ अधिकारीसँग भुकम्पले क्षति भएका पुरातात्विक संरचनाको पुननिर्माणबारे जानकारी लिनुभएको हो ।

बैठकमा भुकम्पले क्षति पु¥याएका पुरातात्विक संरचनाको पुनर्निमाण अहिलेसम्म कति सम्पन्न भयो, कति निर्माणको प्रक्रियामा छन र पुनर्निमाण सम्पन्न गर्न बाँकी संरचना निर्माण गर्न के के योजना छन् भन्नेबारेमा मन्त्री खाणले जिज्ञासा राख्नुभएको थियो । 
बैठकका सहभागीहरूले गृहमन्त्री खाँणलाई अहिलेसम्म भए गरेका काम र आगामी दिनमा गर्ने योजना रहेका कामबारे जानकारी गराउनु भएको थियो । गृहमन्त्री खाँणले भुकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचना पुननिर्माणमा मौलिकता हराउन नहुँने भन्दै मौलिकता झल्किने गरी निर्माण गर्न निर्देशन दिनुभयो ।

भुकम्प गएको लामो समयसम्म पनि टेका लगाएका घर र संरचनाहरू देखिएका भन्दै अब छिटो ती संरचनाको पुनर्निमाण सक्न निर्देशन दिँदै मन्त्री खाँणले सरकारले त्यसका लागि गर्न पर्ने काम के हो भन्न भन्नुभयो । 

उहाँले मूर्तिहरू चोरिने क्रम रोक्नलाई सुरक्षाको प्रबन्ध मिलाउन सरकार तयार रहेको बताउनु भयो

उहाँले मूर्तिहरू चोरिने क्रम रोक्नलाई सुरक्षाको प्रबन्ध मिलाउन सरकार तयार रहेको बताउनु भयो । छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी हुनुहुन्थ्यो । 

बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले पुरातात्विक संरचना पुननिर्माणको काम स्थानीयलाई दिएमा चाँडै र राम्रोसँग निर्माण हुने ललितपुरमा पुनर्निमाण गर्दाको अनुभवबाट आफूले बुझेको बताउनुभयो । उहाँले ललितपुरका पुरातात्विक संरचना निर्माण गर्दा टेण्डर गर्न हुन्न भन्ने पाठ आफूले सिकेको पनि बताउनुभयो ।