२६ बैशाख, २०८१ बुधबार

05:20:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महँगा वस्तुको आयात प्रतिबन्ध अझै लम्बियो

Nepal Business

१५ भदौ, २०७९

महँगा वस्तुको आयात प्रतिबन्ध अझै लम्बियो

काठमाडौं । सरकारले बैशाख १३ गतेदेखि प्रतिवन्ध लगाएको आयात प्रतिवन्ध अझै लम्बिने भएको छ । सरकारले महँगा गाडी, ३०० डलरभन्दा बढीका मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गर्दै आयात प्रतिवन्ध कायम राखेको हो ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेको भन्दै सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । तर सरकारले १० वस्तुमा लगाउँदै आएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको हो । कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात सरकारले खुलाएको छ।

अहिले  कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चितिले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले आयातमा लगाइएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको हो ।