८ बैशाख, २०८१ शनिबार

07:37:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चाडपर्वमा यातायातलाई सहज बनाउन आग्रह

Nepal Business

१४ भदौ, २०७९

कांग्रेसको निवर्तमान यातायात समन्वय विभागका प्रमुखसमेत रहनुभएका यादवले ट्रक व्यवसायी महासङ्घको विधानबारे पनि छलफल गर्नुभएको थियो ।

चाडपर्वमा यातायातलाई सहज बनाउन आग्रह

काठमाडौँ,
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चाडपर्वको समयमा यातायात क्षेत्रलाई सहज र व्यवस्थित गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

सहमहामन्त्री यादवले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर ठूला चाडपर्व नजिकिएको बेलामा सार्वजनिक यातायामा सुरक्षित यात्रा र सहज यातायातको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको हो । 

सहमहामन्त्री यादवले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर ठूला चाडपर्व नजिकिएको बेलामा सार्वजनिक यातायामा सुरक्षित यात्रा र सहज यातायातको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको हो । 

कांग्रेसको निवर्तमान यातायात समन्वय विभागका प्रमुखसमेत रहनुभएका यादवले ट्रक व्यवसायी महासङ्घको विधानबारे पनि छलफल गर्नुभएको थियो । उहाँले यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने बारेमा छलफल गर्नुभएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा गृहमन्त्री खाणले चाडपर्वको समयमा सहज यातायातको व्यवस्थापनबारे सरकार सजक रहेको बताउनुभएको थियो । उहाँले मुख्य चाडपर्व नजिकिएको वेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाट नै पहल गरिरहेको स्पष्ट पार्नुभयो । भेटमा गृहसचिव टेकनारायण पाण्डेको समेत उपस्थिती थियो ।