८ जेठ, २०८१ मंगलबार

07:45:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुको छलफल

Nepal Business

१३ भदौ, २०७९

भेटमा राष्ट्रपति भण्डारीले नागरिक विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा दलहरुलाई साझा धारणा बनाउन आग्रह गर्नुभएको उहाँले बताउनुभयो ।

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुको छलफल

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज सोमबार उहाँहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा आज सोमबार उहाँहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो ।

भेटमा राष्ट्रपति भण्डारीले नागरिक विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा दलहरुलाई साझा धारणा बनाउन आग्रह गर्नुभएको उहाँले बताउनुभयो । 

यसैगरी प्रधानमन्त्री देउवाले सरकारले अघि बढाएको नागरिकता विधेयकका सम्बन्धमा र निर्वाचनको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।  
 
भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो । 

राष्ट्रपति भण्डारीले आजै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का शीर्ष नेताहरूसँग पनि सोही विषयमा छलफल गर्नुभएको प्रमख स्वकीय सचिव अधिकारीले जानकारी दिनुभयो ।

नागरिकतासम्बन्धी विधेयक दुवै सदनबाट पारित भई सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । 

उक्त विधेयक राष्ट्रपतिले पुनर्विचारको सन्देशसहित सङ्घीय संसद्मै फिर्ता पठाउनुभएको थियो । विधेयक प्रतिनिधिसभाबाट पुनः हुबहु पारित गरी आइतबार मात्रै राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाले विधेयक छलफलका लागि विधायन समितिमा पठाएको छ ।