२२ बैशाख, २०८१ शनिबार

10:23:05 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तरकारीमा विषादीको प्रयोग बढ्यो

Nepal Business

१३ भदौ, २०७९

विषादीको अधिकतम प्रयोग र यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न, तरकारी, फलफूललगायत तत्काल उपभोग गरिने कृषि उपजमा रहने विषादीको अवशेष विश्लेषण गरी प्रचलित कानुन बमोजिम नियमन गर्न यो प्रयोगशाला निर्माण गरीएको हो ।

तरकारीमा विषादीको प्रयोग बढ्यो

चितवन,

विषादी अवशेष द्रुत प्रयोगशालामा प्रयोग गरिएका नमूनामध्ये १४ नमूनामा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ ।

कृषि ज्ञान केन्द्र चितवन, भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी मात्रामा विषादी प्रयोग गरेको पाइएको हो ।

कृषि ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार आठ नमूना क्वारेन्टिनमा राखेपछि बिक्रीका लागि पठाइएको छ । 

सात सय २२ नमूना खानयोग्य रहेको उहाँले जानकारी दिनुभयो । कार्यालयका अनुसार बढी मात्रामा विषादी प्रयोग हुनेमा केरा रहेको छ । 

परीक्षणका क्रममा चार ठाउँबाट ल्याइएको केरा, तीन ठाउँबाट ल्याईएको हिउँदे सिमी र दुई ठाउँको काँक्रो नष्ट गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार करेला, भेन्टा, बन्दा र भेडे खुर्सानी एकरएक ठाउँबाट ल्याइएकोलाई नष्ट गरिएको हो ।

विषादीको अधिकतम प्रयोग र यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न, तरकारी, फलफूललगायत तत्काल उपभोग गरिने कृषि उपजमा रहने विषादीको अवशेष विश्लेषण गरी प्रचलित कानुन बमोजिम नियमन गर्न यो प्रयोगशाला निर्माण गरीएको हो । 

विसं २०७६ असोज ७ गतेदेखि सञ्चालनमा आएको यस प्रयोगशालाले बिहान ३ बजेदेखि बिहान कै ६ बजेसम्म कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरमा सेवा दिँदै आएको छ ।