१८ माघ, २०८१ शुक्रबार

05:40:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जुम्लामा करिब ५० करोडको स्याउ उत्पादन

१२ भदौ, २०७९

जुम्लामा करिब ५० करोडको स्याउ उत्पादन

काठमाडौं ।  जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।

धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । गएका वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।

यस वर्ष ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गरिएको छ । ‘त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी रु ५५ का दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब रु ५० करोड आम्दानी भएको छ ।

स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको छ ।  त्यस्तै जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ । खास स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्याङ्क आउन भने केही समय लाग्ने देखिन्छ ।