१४ बैशाख, २०८१ शुक्रबार

08:09:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको नोयडामा रहेको ट्विन टावर १२ सेकेण्डमै ध्वस्त

Nepal Business

१२ भदौ, २०७९

भारतको नोयडामा रहेको ट्विन टावर १२ सेकेण्डमै ध्वस्त

एजेन्सी ।  भारतको नोयडास्थित ट्विन टावर भत्काइएको छ । अवैधरुपमा संरचना खडा गरिएको भन्दै ३२ तले दुई भवन भत्काइएको हो । 

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा पहिलो पटक यति ठूलो संरचना मापदण्ड विपरित रहेको भन्दै भत्काइएको हो ।१०३ मिटर अग्लो उक्त ट्वीन अपार्टमेन्ट आइतबार १२ सेकेन्डको छोटो समयमा नै ध्वस्त पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीय इतिहासमा यति ठूलो संरचना भत्काउन लागिएको यो नै पहिलोपटक भएको स्थानीय अधिकारीहरुले सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। भारतको सर्वोच्च अदालतले गत वर्ष नै भवन निर्माण मापदण्डविपरीत दुईवटा टावर निर्माण गरिएको भन्दै बिल्डरहरुलाई भत्काउन आदेश दिएको थियो । 

३७ सय केजीभन्दा धेरै विस्फोटक पदार्थ प्रयोग गरी भवन भत्काइएको छ । एपेक्स र सियान नाम गरेका दुईवटा टावरहरु राजधानी नयाँ दिल्ली र उत्तर प्रदेश जोड्ने राजमार्ग छेउमा बनेको थियो । 

भत्काउनु अघि दुईवटै टावरलाई प्लास्टिक सिट्सले छोपिएको थियो। भवनमा रहेका र त्यस संरचना छेउछाउ रहेका सर्वसाधारणलाई आइतबार बिहानै हटाइएको थियो ।