१४ बैशाख, २०८१ शुक्रबार

02:08:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको नोयडास्थित रहेको अबैध ट्विन टावर भत्काईदैँ

Nepal Business

१२ भदौ, २०७९

भारतको नोयडास्थित रहेको अबैध  ट्विन टावर भत्काईदैँ

एजेन्सी । भारतको नोयडास्थित ट्विन टावर भत्काइने भएको छ । अवैधरुपमा संरचना खडा गरिएको भन्दै ४० र ३९ तले दुई भवन भत्काउन लागिकएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा पहिलो पटक यति ठूलो संरचना मापदण्ड विपरित रहेको भन्दै भत्काउन लागिएको हो । यस भवन बनाउने सुपरटेक बिल्डरविरुद्ध एमराल्ट अदालतमा मुद्दा चलेको थियो । लामो समय चलेको मुद्दामा अदालतले भत्काउन आदेश दिएको थियो ।

ट्विन टावरमा सयौं मानिसले फ्ल्याट बुक गरेका थिए । भत्काउन आदेश भए पनि कतिपयले अझै रकम फिर्ता नपाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

नोएडाको सेक्टर ९३ एमा रहेको भवनविरुद्ध २००४ मा मुद्दा दायर भएको थियो । जमिनको क्षेत्रफलका आधारमा ३२ तला र ग्रीन पार्क बनाउन पाउने अनुमति भए पनि व्यवसायीले दुई भव्य भवन बनाएका थिए ।

अब सो टावर केहि समयमा ब्लास्ट हुने पनि भारतीय सञ्चार माध्यमा उल्लेख छ ।