१६ चैत, २०८० शुक्रबार

05:46:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भोटाहिटीमा रहेको अनाधिकृत संरचना हटाउन सुरु

Nepal Business

१२ भदौ, २०७९

भोटाहिटीमा रहेको अनाधिकृत संरचना हटाउन सुरु

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले रत्नपार्कको भोटाहिटीमा रहेको सब–वेमा रहेको अनाधिकृत  संरचना हटाइएको छ । सब–वेमाथि व्यापारिक प्रयोजनले बनाइएका अनाधिकृत संरचनालाई महानगरले भत्काएको हो ।

यस्तै सब–वे भित्र रहेका पसलहरुलाई पनि महानगरले हटाएको छ । सब–वे भित्र पसल राख्दा सर्वसाधारणलाई हिड्न कठिन भएको भन्दै पसलहरु हटाइएको महानगरले जनाएको छ ।

महानगरले विभिन्न स्थानमा रहेका अनाधिकृत संरचनालाई हटाउदै आएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले कार्यकारिणी अधिकार प्रयोग गरेर नै अनाधिकृत संरचनालाई हटाइएको बताउनुभएको छ ।