१६ चैत, २०८० शुक्रबार

07:31:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मदन पुरस्कार गुठीको घोषणा : दुर्गाप्रसादलाई जगदम्बाश्री र नवराज लम्साललाई मदन पुरस्कार दिने

Nepal Business

११ भदौ, २०७९

जगदम्बाश्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन्। ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन्।

मदन पुरस्कार गुठीको घोषणा : दुर्गाप्रसादलाई जगदम्बाश्री र नवराज लम्साललाई मदन पुरस्कार दिने

काठमाडौँ,
मदन पुरस्कार गुठीले जगदम्बाश्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार अग्नि महाकाव्यका लागि नवराज लम्साललाई प्रदान गर्ने भएको छ । 

मदन पुरस्कार गुठीको शनिबारको बैठकले श्रेष्ठलाई जगदम्बाश्री सम्मान र अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

मदन पुरस्कार गुठीको शनिबारको बैठकले श्रेष्ठलाई जगदम्बाश्री सम्मान र अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

जगदम्बाश्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन्। ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन्।

२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए।

यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका उत्कृष्ट आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो। जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृतनेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए।

उक्त पुरस्कारको राशी ४ लाख रहेको छ । यो नेपालकै सबैभन्दा ठुलो पुरस्कार राशी मानिन्छ । यसलाई नेपाली नोबेल पुरस्कारका रुपमा लिने गरिएको छ ।