८ जेठ, २०८१ मंगलबार

11:40:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘देशलाई समृद्ध बनाउन स्थानीय तह बलियो हुनुपर्छ’

Nepal Business

११ भदौ, २०७९

नयाँ पुस्ताले अन्धविश्वासमा वैज्ञानिकताको खोजी गर्नुपर्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेँले राजनीतिक कार्यकर्ताले सङ्गठित भएर काम गरे गल्ती कम हुने र राजनीतिक प्रतिबद्धतामा ठूलो नैतिक बल हुने बताउनुभयो ।

‘देशलाई समृद्ध बनाउन स्थानीय तह बलियो हुनुपर्छ’

भक्तपुर, 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । 

शनिबार भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले काम गरेको सय दिन पुगेको अवसरमा आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले सरकारले अन्य देशबाट सिक्दै देशलाई समृद्ध बनाउनतर्फ सोच्नुपर्ने बताउनुभयो । 

शनिबार भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले काम गरेको सय दिन पुगेको अवसरमा आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले सरकारले अन्य देशबाट सिक्दै देशलाई समृद्ध बनाउनतर्फ सोच्नुपर्ने बताउनुभयो । 

नयाँ पुस्ताले अन्धविश्वासमा वैज्ञानिकताको खोजी गर्नुपर्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेँले राजनीतिक कार्यकर्ताले सङ्गठित भएर काम गरे गल्ती कम हुने र राजनीतिक प्रतिबद्धतामा ठूलो नैतिक बल हुने बताउनुभयो ।

नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा राख्न जनप्रतिनिधि र कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले समय सापेक्षित ढङ्गले कर्मचारीलाई तालिम तथा प्रशिक्षणको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सय दिनमा गरेका गतिविधिबारे जानकारी दिँदै भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै यहाँका जनताको निरन्तर साथ र सहयोगको आवश्यकता रहेको औँल्याउनुभयो ।