२६ जेठ, २०८२ आइतबार

05:32:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कालोबजारी नियन्त्रण गर्न उपभोक्ता महासंघको आग्रह

Nepal Business

१० भदौ, २०७९

वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले दिनहुँ हुने कालोबजारी, मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने बेला आएको बताउनुभयो

कालोबजारी नियन्त्रण गर्न उपभोक्ता महासंघको आग्रह

काठमाडौँ, 
चाडवाड नजिकिँदै गर्दा नेपाली उपभोक्ता संरक्षण महासङ्घले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ । 

रिपोर्टर्स क्लबमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महासङ्घले गुणस्तरहीन खाद्यान्न, मुल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएको हो ।

रिपोर्टर्स क्लबमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महासङ्घले गुणस्तरहीन खाद्यान्न, मुल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएको हो ।

अध्यक्ष चन्द्र साउदले सरकारले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली उपभोक्ता धेरै विषय वस्तुमा ठगिनु परेको टिप्पणी गर्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो । 

वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले दिनहुँ हुने कालोबजारी, मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले उपभोक्ता विरुद्ध लाग्ने जोसुकैलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।