८ जेठ, २०८१ मंगलबार

04:09:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

Nepal Business

१० भदौ, २०७९

अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो ।

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

चितवन,

अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ । 

नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा शुक्रबार उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो । 

नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा शुक्रबार उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो । 

अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उहाँले भन्नुभयो, “अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ ।”

अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो ।