१४ बैशाख, २०८१ शुक्रबार

01:44:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब पोखरा महानगरका कर्मचारीले काम सकिएपछि बसेकै ठाउँमा फाइल फिर्ता ल्याइदिनेछन्...

Nepal Business

१० भदौ, २०७९

महानगरप्रति केही गुनासा र समस्या छन् भने सिधै महानगरमा फोन गरेर जानकारी गराउन सक्नुहुनेछ । महानगरले तपाईंलाई ‘क्विक रेस्पोन्स’ गर्नेछ ।

अब पोखरा महानगरका कर्मचारीले काम सकिएपछि बसेकै ठाउँमा फाइल फिर्ता ल्याइदिनेछन्...

कास्की, 

 तपाईं पोखरा महानगरपालिकामा सेवा लिन जाँदै हुनुहुन्छ ? महानगरमा काम छ भने अबदेखि तपाईंले विगतमा जस्तो हातमा फाइल बोकेर महानगरका कोठा/चोटा चहार्नुपर्ने छैन । 

पहिला जस्तो फाइल हराउने समस्या भोग्नुपर्ने पनि हुने छैन । त्यति मात्र होइन, आफ्नो कामको फाइल बुझाएपछि तपाईं आरामले कुर्सीमा बस्नुहुनेछ, महानगरका कर्मचारीले भित्रबाट काम सकिएपछि बसेकै ठाउँमा फिर्ता ल्याइदिनेछन् ।

पहिला जस्तो फाइल हराउने समस्या भोग्नुपर्ने पनि हुने छैन । त्यति मात्र होइन, आफ्नो कामको फाइल बुझाएपछि तपाईं आरामले कुर्सीमा बस्नुहुनेछ, महानगरका कर्मचारीले भित्रबाट काम सकिएपछि बसेकै ठाउँमा फिर्ता ल्याइदिनेछन् ।

महानगरप्रति केही गुनासा र समस्या छन् भने सिधै महानगरमा फोन गरेर जानकारी गराउन सक्नुहुनेछ । महानगरले तपाईंलाई ‘क्विक रेस्पोन्स’ गर्नेछ । 

भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले सेवा प्रवाहलाई सरल र सहज बनाउन आज शुक्रबारदेखि एकद्वार प्रणाली काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

महानगरको काम झन्झटरहित बनाउन र सेवा प्रवाह सहज, छिटोछरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकद्वार काउन्टर सुरुआत गरिएको हो ।