१७ बैशाख, २०८१ सोमबार

06:39:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब सशस्त्र प्रहरी बलले विद्युतीय चुलो प्रयोग गर्ने

Nepal Business

१० भदौ, २०७९

अब सशस्त्र प्रहरी बलले विद्युतीय चुलो प्रयोग गर्ने

काठमाण्डौं । सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । शुक्रबारको सम्झौता अनुसार सशस्त्र प्रहरी बल ब्यारेकहरुमा सञ्चालित मेसहरुमा एलपी ग्याँस हटाएर विद्युतीय चुलो प्रयोग गरिने भएको हो । 

यसका लागि सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

सशस्त्र प्रहरीका ब्यारेकहरुमा सञ्चालित मेसहरुमा भइरहेको एलपी ग्याँसको प्रयोगलाई विस्थापित गर्न क्रमिक रुपमा इन्डक्सन चुलो प्रयोग गरिने छ ।

प्राधिकरणले इन्डक्सन चुलो प्रयोगका लागि विद्युत पोलहरु थप गर्ने, ठूला क्षमताका ट्रान्सफर्मर राख्नेलगायतका आवश्यक भौतिक पूर्वाधारहरु बनाइदिने छ ।