१७ फागुन, २०८१ शनिबार

12:49:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौं महानगरले खाली गरायो राहदानी विभागको अन्डरग्राउण्ड

१० भदौ, २०७९

काठमाडौं महानगरले खाली गरायो राहदानी विभागको अन्डरग्राउण्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएको छ। नक्सामा ‘बेसमेन्ट’ उल्लेख गरिएको भवनको भुइँ तलामा विभागले सेवाग्राहीका लागि प्रतिक्षा कक्ष बनाएको थियो ।

विभागले बेसमेन्टमा सेवाग्राहीका लागि प्रतिक्षा कक्ष बनाइएपछि पार्किङ गर्न असहज भएकाले सेवाग्राहीले बाटैमा सवारीसाधन पार्किङ गर्ने गरेका थिए । बाटैमा सेवाग्राहीले सवारी साधन पार्किङ गर्दा त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको थियो ।

महानगरपालिकाको टोलीले विभागका कर्मचारीहरूलाई बेसमेन्ट खाली गराई पार्किङ राख्न भनेपछि त्यहाँ रहेको सबै कुर्सीहरू हटाइएको हो ।