८ जेठ, २०८१ मंगलबार

11:30:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्नेः अध्यक्ष ओली

१० भदौ, २०७९

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्नेः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताउनुभएको छ । शुक्रबारबाट ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर बिजयको सुनिश्चित गर्दै अघि बढ्ने दावी गर्नुभयो ।

मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि सरकारसँग वार्ता र कुराकानी तथा दवाव र निर्वाचनसँग सम्बन्धीत निकासंग छलफल गर्ने उहाँको भनाई छ ।

अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरुका साथै देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिवद्ध भएर जनतामाझ जानुपर्ने धारणा राख्नुभयो ।  उहाँले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थीति, राष्ट्रिय राजनीतिक, संगठानिक बिषय लगाएतका बिषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगाएतका बिषय टुङ्गो लगाउने एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठक दुइ दिनसम्म चल्ने छ ।