८ जेठ, २०८१ मंगलबार

11:44:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगामी निर्वाचन निष्पक्ष र भरपर्दाे बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्छः प्रकाशमान सिंह

१० भदौ, २०७९

आगामी निर्वाचन निष्पक्ष र भरपर्दाे बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्छः प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचन निष्पक्ष र भरपर्दाे बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउनुभएको छ । नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसको अवसरमा काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको भन्दै यसलाई निष्पक्ष र भरपर्दाे बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउनुभएको हो ।

सिंहले आर्थिक रुपान्तरणका लागि र जनताको जीवन आरामदायी बनाउन कांग्रेस लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले संविधान कार्यन्यवन गर्ने बेला कम्युनिस्टले म्यान्डेट पाएपनि आवश्यक संघीय कानुन बनाउन नसकेको जिकिर गर्नुभयो ।

बिशेष परिस्थीतिमा कांग्रेस सरकारमा आएकोले कांग्रेस नेतृत्वको सरकारले अब नयाँ म्यान्डेड लिएर समस्या समाधान गर्ने उहाँको भनाई छ । नेता सिंहले स्व मंगलादेवि सिहले सुरु गर्नु भएको अधिकार प्राप्तिको आन्दोलनको निरन्तरता स्वरुप अहिले सबै क्षेत्रमा महिला सुनिश्चितता भएको बताउनुभयो ।