१४ बैशाख, २०८१ शुक्रबार

08:44:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको साउन महिनामा नेपालमा ७६ करोड बढीको ल्यापटप र नोटबुक आयात

१० भदौ, २०७९

चालु आर्थिक वर्षको साउन महिनामा नेपालमा ७६ करोड बढीको ल्यापटप र नोटबुक आयात

काठमाडौं । चालु आर्थिक वर्षको एक महिनामा नेपालमा विभिन्न देशबाट ७६ करोड रुपैयाँबढीको ल्यापटप र नोटबुक आयात भएको छ । चालु आर्थिक वर्ष २०७९।८० को पहिलो साउन महिनामा नेपालमा ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँको ल्यापटप र नोटबुक भित्रिएको भन्सार विभागले जनाएको छ ।

भित्रिएको भन्सार विभागका अनुसार सो मूल्यमा नेपालमा १२ हजार ६४५ थान ल्यापटप र नोटबुक आयात भएको छ । नेपालमा सबैभन्दा बढी मूल्यको ल्यापटप र नोटबुक चीनबाट आउने गरेको छ । गत महिना मात्र चीनबाट नेपालले ७४ करोड ४९ लाख ७६ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको छ ।

चीन बाहेक नेपालमा अष्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, कुवेत, लिथुवानिया, मलेसिया, नर्वे, पोल्याण्ड, सिंगापुर, युएई, बेलायत, अमेरिका र नामिबियाबाट ल्यापटप र नोटबुक आउने गरेको छ ।

गत आर्थिक वर्ष २०७८।७९ को साउन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब ४७ करोड ४ लाख २८ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको थियो ।