१६ चैत, २०८० शुक्रबार

06:20:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक छ

Nepal Business

९ भदौ, २०७९

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पर्यटन क्षेत्रका लागि शान्ति सुरक्षाको प्रत्याभूति महत्वपूर्ण हुने र उनीहरूले सुरक्षित ठाउँ नै रोज्ने उल्लेख गर्दै पोखराको शान्ति सुरक्षामा प्रशासनले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक छ

पोखरा, 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताउनुभएको छ । 

पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको विहिबार उद्घाटन गर्दै उहाँले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको विहिबार उद्घाटन गर्दै उहाँले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताउनुभयो ।

पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ । 

गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई संशोधन गरेर पर्यटनमैत्री ऐनका लागि आफूले पहल गर्ने बताउनुभयो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पर्यटन क्षेत्रका लागि शान्ति सुरक्षाको प्रत्याभूति महत्वपूर्ण हुने र उनीहरूले सुरक्षित ठाउँ नै रोज्ने उल्लेख गर्दै पोखराको शान्ति सुरक्षामा प्रशासनले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पोखरालाई उत्कृष्ट गन्तब्य बनाउनका लागि सबैको साझा उद्देश्य र कार्यगत एकताको खाँचो आँैल्याउनुभयो ।

पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले देश विकासमा नीजि क्षेत्रको योगदान उल्लेख्य रहेको चर्चा गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा परिषद्को भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले राज्यका नीति पर्यटनमैत्री हुन नसक्दा यस क्षेत्रको विकासमा बाधा परेको औँल्याउँदै पर्यटन विकासमा विभाजित नभई साझा सोच र विचारबाट अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो ।