१८ माघ, २०८१ शुक्रबार

08:31:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि विश्वका १० अर्बपतिको सूची परिवर्तनसम्म

Nepal Business

९ भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि विश्वका १० अर्बपतिको सूची परिवर्तनसम्म

१) सेयर बजारमा १८.३० अंकको गिरावट

दुई दिन झिनो अंकले बढेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार सेयर बजार १८।३० अकंले घटेर २ हजार ३९।५४ विन्दुमा बन्द भएको छ । 

बिहीबार सेयर बजार घट्दा १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७४१ रुपैयाँको कारोबार भएको छ भने ४२ लाख ३४ हजार ११७ कित्ता सेयर किनबेच भएका छन् ।

यस्तै आज सबै उपसूचकहरु राताम्मे छन् । कम्पनीहरुमा उपर हेवाखोलामा सकरात्मक सर्किट ब्रेक लागेको छ भने रुरु जलविद्युत परियोजना ८।९३ प्रतिशत, नेष्डो २।०७ प्रतिशतले बढेका छन् ।

२) शुक्रबारको कारोबार हटाउन नेप्सेमा निवेदन

शुक्रबार कारोबार हुँदै आएको सेयर बजारको दोस्रो बजार बन्द गर्न माग राख्दै लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा निवेदन दिएका छन् । लगानीकर्ताहरुले शुक्रबारको सेयर बजार कारोबार बन्द गर्न माग गर्दै बिहीबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

लगानीकर्ताहरुको निवेदन बुझ्दै नेप्सेका सिईओ कार्कीले यो सातामा सम्भव नभएपनि आगामी सातादेखि शुक्रबारको कारोबार बन्द गर्ने आश्वास दिनुभएको छ । यसअघि नेप्सेका सहायक प्रबन्धक निरञ्जन फुँयालले शुक्रबारको कारोबार बन्द गर्ने तयारीमा नेप्से रहेको जनाउनुभएको थियो ।

३) गहुँ आयात खुलाउन नेपाल सरकारले भारतलाई लेख्यो पत्र

गहुँ आयात खुला गर्न आग्रह गर्दै सरकारले भारत सरकारलाई पत्र लेखेको छ । नेपाल मैदा उद्योग संघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्रालयले बुधबार नै भारत सरकारलाई पत्र लेखेको जानकारी दिएको हो ।

भारत सरकारले ३० वैशाख २०७९ देखि नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । खाद्य संकट तथा मूल्यवृद्धिको जोखिम आकलन गर्दै भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो ।

यसले देशका मैदा उद्योगहरु प्रभावित छन् । नेपालका तीन दर्जन हाराहारी खाद्यान्न उद्योगहरु प्रभावित रहँदै आएका छन्। भारतले निर्यातमा लगाएको रोकपछि गहुँ अभावमा यतिबेला नेपाली मैदा उद्योगको अस्तित्व नै संकटमा पर्ने चिन्तामा उद्योगीहरु छन्।

स्वदेशी उद्योग संरक्षण गर्न नेपाल सरकारको तर्फबाट गहुँ आयातको प्रकृया अगाडि बढिसकेको र बुधबार नै सम्बन्धित निकायमा पत्र पठाएको वाणिज्य सचिव गणेशप्रसाद पाण्डे जानकारी दिनुभयो । लगभग १५ देखी २० दिनमा नेपालमा गहुँ आउने जनाइएको छ।

नेपालका मैदा उद्योगलाई वार्षिक १० लाख टन गहुँ चाहिन्छ। त्यसमध्ये साढे तीन लाख टन नेपाली उत्पादनले नै धाने पनि बाँकी साढे ६ लाख टन भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको छ ।

४) सहकारी विभागद्धारा साधारणसभा सञ्चालनका लागि मार्गदर्शन जारी

सहकारी विभागले सहकारी संस्थाहरुलाई साधारणसभा सञ्चालनका लागि मार्गदर्शन जारी गरेको छ । विभागले सहकारी संस्थाहरुलाई १२ बुँदे मार्गदर्शन जारी गर्दै साधारणसभा संचालन गर्दा भडकिलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट गर्न भनेको छ ।

सबै संघसंस्थाले २०७९ पुस मसान्तभित्र सभा अनिवार्य गर्न मार्गदर्शनमा भनिएको छ । सभा सकेको १५ दिन भित्र निर्णयाको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन लगायत कागजात विभागमा अनिवार्य पेश गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

५) २५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बिहीबार ९भदौ ९ गते बिहीबार० २५ अर्ब रुपैयाँको नेपाल सरकारका ट्रेजरी बिल सोझै खरिद गर्नका लागि बोलकबोल गरेको छ । 

बोलकबोल बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिएका हो । ट्रेजरी बिलको खरिद मिति भने भदौ १० गते तय गरिएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिलको भुक्तानी मिति २०७९ पुुस मसान्तसम्म तोकिएको छ । काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिलको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ।

काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ । यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण १ करोड वा १ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् तर एउटा सिरिजको ट्रेजरी बिलका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ।

बजारमा तरलता समस्या देखिएपछि राष्ट्र बैंकले नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गरेर बजारमा २५ अर्ब पठाउन लागेको हो ।

६) चालु आर्थिक वर्षको एक महिनामा ७ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल आयात

नेपालले चालु आर्थिक वर्षको पहिलो महिनामै साढे ७ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार एक महिनामा नेपालले ७ अर्ब ३८ करोड ९८ लाख २६ हजार रुपैयाँको १६ करोड १९ लाख ३७ हजार केजी खाद्यान्न, तरकारी तथा फलफूल आयात गरेको हो ।

गत वर्षको सोही अवधिमा नेपालले १२ अर्ब ६२ करोड ८ लाख रुपैयाँको २९ करोड ६३ लाख ८६ हजार केजी खाद्यान्न, तरकारी तथा फलफूल आयात गरेको थियो ।

नेपालले साउन महिनामा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँको ७ करोड ९१ लाख ४० हजार केजी खाद्यान्न आयात गरेको छ ।

यस्तै तरकारीतर्फ २ अर्ब ४६ करोड १९ लाख ८२ हजार रुपैयाँको ५ करोड ८१ लाख ९ हजार केजी तरकारी आयात भएको छ । नेपालले साउन महिनामा मात्रै १ अर्ब ३३ करोड ३८ लाख रुपैयाँको २ करोड ४६ लाख ८६ हजार केजी फलफूल आयात गरेको छ ।

७) अनाधिकृत संरचना तत्काल हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार लगाएतमा क्षेत्रमा पुगेर अनाधिकृतरुपमा राखेका पसल लगाएतका संरचना तत्काल हटाउन पुनः निर्देशन दिनुभएको छ ।

नक्सापासमा रहेको मापदण्ड बिपरितको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार बिभिन्न स्थानमा पुगेर अनाधिकृत संरचना हटाउन पुनः निर्देशन दिएको हो । यसअघि महागरले अनाधिकृत संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो ।

तर केहि व्यापारिहरुले अटेर गरेपछि महानगरले डोजर लगाएर नै अनाधिकृत संरचना हटाउन थालेको छ । महानगरको उक्त कदमप्रति केहिले तीव्र असन्तुष्टि पोखेका छन् । व्यापारिहरुले महानगरको ३५ दिने सूचनाबारे घरबेटीले आफुहरुलाई जानकारी नै नगराएकाले केहि दिनको म्यान दिन आग्रह गरेका थिए ।

त्यस्तै बिहीबार बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको निरिक्षण गर्ने क्रममा बालेन्द्र साह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन नै भएको थियो ।  एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको भन्दै महानगर एक्सनमा उत्रेको हो ।

८) सबैभन्दा धेरै लगानी योग्य पुँजी प्रभु बैंकसँग

तरलता अभावका कारण बैैक तथा वित्तीय संस्थाहरुले लगानी गर्न सकिरहेका छैनन् । जसका कारण बजारमा लगानी योग्य पैसाको कमि छ ।

हाल बजारमा २६ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । जसमध्ये सबैभन्दा धेरै लगानी योग्य पुँजी प्रभु बैंकसँग रहेको पाइएको छ। 

नेपाल बैकर्स संघको तथ्याङक अनुसार सबैभन्दा बढी लगानीयोग्य पुँजी प्रभु बैैकको रहेको जनाइएको छ । चालु आर्थिक वर्षको साउन महिनामा सेन्चुरी कमर्सियल बैंकको लगानी योग्य पुँजी सबैभन्दा कम रहेको छ ।

प्रभु बैंकको सिडि रेसियो ८२।८८ प्रतिशत  र सेन्चुरी कमर्सियल बैंकको सिडि रेसियो ९१।६३ प्रतिशत रहेको बैंकसै संघको तथ्यांकमा उल्लेख छ । 

यस्तै लगानीयोग्य पुँजीकम रहेका दुईवटा बैंकहरुमा नेपाल बैंक र नबिल बैंक रहेका छन् । यी बैंकको सिडि रेसियो क्रमशः ९०।७२ प्रतिशत र ९०।९२ प्रतिशत रहेको छ । यस्तै ९० प्रतिशत भन्दा कम सिडि रेसियो भएका वाणिज्य बैकहरु २३ वटा रहेका छन् ।

९) तीन जिल्लाका विमानस्थलमा टर्मिनल भवन निर्माण गरिने 

सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणका अनुसार विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा  टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको जनाएको छ । ती विमानस्थलमा नयाँ टावर टर्मिनल भवन निर्माणार्थ ठेक्का लगाउन प्राधिकरणले बुधबार सूचना प्रकाशन गरेको हो। 

ती विमानस्थलमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाजको सिट सङ्ख्या बढ्नुका साथै हवाईयात्रु पनि बढेकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै प्राधिकरणले नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न लागिएको जनाइएको छ ।

१०) विश्वका १० अर्बपतिको सूची परिवर्तन

विश्वका १० अर्बपतिको सूचीमा ठूलो परिवर्तन आएको छ । यसमा परिवर्तन आएसँगै विश्वका धनी व्यक्ति तथा भारतीय उद्योगपति मुकेश अम्बानी एक छलांग लगाएर अहिले विश्वको नवौं धनी व्यक्ति बन्नुभएको छ । 

उहाँ नौँ स्थानमा पुग्दा विश्वका धनी व्यक्त वारेन बफेन सातौँ स्थानमा झर्नुभएको छ । बफेटको कुल सम्पत्ति १००।३ बिलियन डलरमा झरेको छ । अब उहाँको स्थानमा ल्यारी एलिसन १०५।८ बिलियन डलरसहित छैटौं धनी व्यक्ति हुनुभएको छ । 

फोर्ब्सको रियल टाइम सूची अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एसियाका दोस्रो धनी मुकेश अम्बानीको कुल सम्पत्ति पछिल्लो २४ घण्टामा १।५ अर्ब डलरले बढेको छ । यो गतिसँगै उहाँको कुल नेटवर्थ ९मुकेश अम्बानी नेटवर्थ० बढेर ९५।९ बिलियन डलर पुगेको छ । 

शीर्ष १० अर्बपतिको सूचीमा परेका एसियाकै धनी व्यक्ति गौतम अडानीले चौथो नम्बरमा आफ्नो उपस्थिति कायमगर्नुभएको छ ।  उहाँको कुल सम्पत्ति १३८।६ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गौतम अडानी, एलोन मस्क, जेफ बेजोस र अन्य शीर्ष अर्बपतिहरूको कमाईको मामिलामा अगाडि छन् ।

टेस्ला र स्पेसएक्स जस्ता कम्पनीका मालिक एलोन मस्क २५८।८ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको नम्बर १ धनीको स्थानमा यथावत छन् । फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १६३।७ बिलियन डलरको सम्पत्तिका साथ विश्वका दोस्रो धनी व्यक्ति हुनुभएको छ। 

यस्तै जेफ बेजोस १५७।७ बिलियन डलरको कुल सम्पत्तिका साथ तेस्रो स्थानमा हुनुहुन्छ । बिल गेट्स ११२।२ बिलियन डलरको साथ पाँचौं धनी व्यक्ति हुन् । यसबाहेक ल्यारी पेज ९७।७ बिलियन डलरसहित आठौं स्थानमा छन् ।