७ बैशाख, २०८१ शुक्रबार

07:18:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गहुँ आयात खुलाउन नेपाल सरकारले भारतलाई लेख्यो पत्र

९ भदौ, २०७९

गहुँ आयात खुलाउन नेपाल सरकारले भारतलाई लेख्यो पत्र

काठमाडौं । गहुँ आयात खुला गर्न आग्रह गर्दै सरकारले भारत सरकारलाई पत्र लेखेको छ । नेपाल मैदा उद्योग संघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्रालयले बुधबार नै भारत सरकारलाई पत्र लेखेको जानकारी दिएको हो ।

भारत सरकारले ३० वैशाख २०७९ देखि नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । खाद्य स‌ंकट तथा मूल्यवृद्धिको जोखिम आकलन गर्दै भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो ।

यसले देशका मैदा उद्योगहरु प्रभावित छन् । नेपालका तीन दर्जन हाराहारी खाद्यान्न उद्योगहरु प्रभावित रहँदै आएका छन्। भारतले निर्यातमा लगाएको रोकपछि गहुँ अभावमा यतिबेला नेपाली मैदा उद्योगको अस्तित्व नै संकटमा पर्ने चिन्तामा उद्योगीहरु छन्।

स्वदेशी उद्योग संरक्षण गर्न नेपाल सरकारको तर्फबाट गहुँ आयातको प्रकृया अगाडि बढिसकेको र बुधबार नै सम्बन्धित निकायमा पत्र पठाएको वाणिज्य सचिव गणेशप्रसाद पाण्डे जानकारी दिनुभयो । लगभग १५ देखी २० दिनमा नेपालमा गहुँ आउने जनाइएको छ ।

नेपालका मैदा उद्योगलाई वार्षिक १० लाख टन गहुँ चाहिन्छ। त्यसमध्ये साढे तीन लाख टन नेपाली उत्पादनले नै धाने पनि बाँकी साढे ६ लाख टन भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको छ ।