१८ माघ, २०८१ शुक्रबार
08:44:11 PM
९ भदौ, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार लगाएतमा क्षेत्रमा पुगेर अनाधिकृतरुपमा राखेका पसल लगाएतका संरचना तत्काल हटाउन पुनः निर्देशन दिनुभएको छ ।
नक्सापासमा रहेको मापदण्ड बिपरितको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार बिभिन्न स्थानमा पुगेर अनाधिकृत संरचना हटाउन पुनः निर्देशन दिएको हो । यसअघि महागरले अनाधिकृत संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो ।
तर केहि व्यापारिहरुले अटेर गरेपछि महानगरले डोजर लगाएर नै अनाधिकृत संरचना हटाउन थालेको छ । महानगरको उक्त कदमप्रति केहिले तीव्र असन्तुष्टि पोखेका छन् । व्यापारिहरुले महानगरको ३५ दिने सूचनाबारे घरबेटीले आफुहरुलाई जानकारी नै नगराएकाले केहि दिनको म्यान दिन आग्रह गरेका थिए ।
त्यस्तै बिहीबार बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको निरिक्षण गर्ने क्रममा बालेन्द्र साह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन नै भएको थियो । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको भन्दै महानगर एक्सनमा उत्रेको हो ।