२४ बैशाख, २०८१ सोमबार

01:12:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङ समस्या समाधान हुने

Nepal Business

८ भदौ, २०७९

कामपाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको कामपाको प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनील लम्सालले जानकारी दिनुभयो ।

अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङ समस्या समाधान हुने

काठमाडौँ,
काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । 

उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ 

यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरेपछि अवैध संरचना भत्काउन सुरु गरिएको हो । 

उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ ।    

कामपाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको कामपाको प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनील लम्सालले जानकारी दिनुभयो । 

सुन्धारास्थित काठमाडौँ मलको अनधिकृत रुपमा बनाइएको संरचनामा आज बुधबार डोजर लगाएर भत्काएको छ । 

त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ ।

त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पनि पत्राचार गरेको छ । 

यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भन्नुभयो, “अब विगतमा झै मनोमानी चल्दैन यस कार्य नियमित रुपमा जानेछन् ।”