१८ माघ, २०८१ शुक्रबार

08:36:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं जिल्ला अदालतको नक्सा पास भएको विवरण पठाउन महानगरको निर्देशन

Nepal Business

८ भदौ, २०७९

काठमाण्डौं जिल्ला अदालतको नक्सा पास भएको विवरण पठाउन महानगरको निर्देशन

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले काठमाण्डौं जिल्ला अदालतलाई नक्सा पास भएको विवरण पठाउन निर्देशन दिएको छ ।

महानगरले अदालतलाई पत्र पठाउर्दै अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ । 

महानगरपालिकाको अभिलेखमा जिल्ला अदालतको भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो ।

बुधबार न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको सरचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताउनुभएको थियो ।