१८ माघ, २०८१ शुक्रबार

07:38:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौंमा अनधिकृत रुपमा बनाएको संरचना भत्काउदै महानगर

Nepal Business

८ भदौ, २०७९

काठमाण्डौंमा अनधिकृत रुपमा बनाएको संरचना भत्काउदै महानगर

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले काठमाण्डौंका विभिन्न स्थानमा अनधिकृत रुपमा बनाएको संरचना भत्काएको छ ।

बुधबार महानगरपालिकाका मेयर बालेन्द्र साह लगाएतको टोलीले काठमाण्डौंको सुन्धरास्थीत काठमाण्डौं मल, आर वि कम्प्लेक्स लगाएतका स्थानमा अनाधिकृत रुपमा बनाएर संरचना भत्काएको हो ।

त्यस्तै महानगरले बिशेष प्रायोजनका लागि अन्डरग्राउण्डको स्वीकृति लिएर पसल वा अन्य प्रयोजनमा प्रयोग गरेका स्थानलाई पनि खाली गराएको छ ।

सो क्रममा व्यापारीले विरोध गरेका थिए । उनीहरुले चाडपर्वपछि मात्रै पसल हटाउन आग्रह गरेका थिए। तर मेयर साहले कानून सवैलाई बराबर भएकाले सबै स्थानमा बनाइएका अनाधिकृत संरचनालाई हटाउने स्पष्ट पार्नुभएको थियो ।

त्यस्तै महानगरको टोलीले बुधबार नै दरवारमार्गमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो ।