१५ बैशाख, २०८१ शनिबार

06:09:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ महिनामा नेपालमा ११ अर्ब २१ करोड बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात

८ भदौ, २०७९

१ महिनामा नेपालमा ११ अर्ब २१ करोड बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पहिलो महिना साउनमा नेपालले विभिन्न देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल विभिन्न देशबाट आयात गरेको छ ।  भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एक महिनामा नेपालले ११ अर्ब २१ करोड ७५ लाख ७१ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो ।

सो अवधिमा नेपालले विभिन्न देशबाट उक्त मूल्यमा ५ करोड २८ लाख ६६ हजार २७५ लीटर कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको  विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष को साउनमा नेपालले ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँको कच्चा भटमास तेल, ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल र १ अर्ब ५ करोड २० लाख ३ हजार रुपैयाँको कच्चा सनफ्लवार तेल आयात गरेको विभागले जनाएको छ ।

नेपालमा कच्चा भटमास, पाम र सनफ्लावर तेल अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, भारत, मलेसिया र युक्रेनबाट आउने गरेको छ ।

साउनमा नेपालमा सबैभन्दा बढी कच्चा मटमास र सनफ्लावर तेल अर्जेन्टिनाबाट आएको छ । सो समयमा अर्जेन्टिनाबाट ४ अर्ब १८ करोड ६४ लाख ९१ हजार रुपैयाँका भटमास र सनफ्लावर तेल नेपालले आयात गरेको छ ।

यस्तै, साउन महिनामा द्वन्द्वग्रस्त राष्ट्र युक्रेनबाट ५० करोड १० लाख १८ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८।७९ मा विभिन्न देशबाट नेपालले १२ अर्ब २० करोड ६५ लाख ९० हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लवार तेल आयात गरेको थियो ।