१७ बैशाख, २०८१ सोमबार

08:51:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको पहिलो महिनामा मोबाइल आयात घट्यो

Nepal Business

८ भदौ, २०७९

चालु आर्थिक वर्षको पहिलो महिनामा मोबाइल आयात घट्यो

काठमाण्डौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मोबाइल आयात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एक महिनामा २ अर्ब ५७ करोड रुपैयाँ बराबरको तीन लाख ३३ हजार ७७९ वटा मोबाइल आयात भएका छन् ।

यो अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा आधाभन्दा कम हो  । अघिल्लो वर्षको सोही अवधिमा ६ लाख ६७ हजार वटा फोन आयात भएको थियो ।

मोबाइलको आयातमा कमि आएपनि बजारमा भने सबै महंगादेखि सस्तासम्मका मोबाइल छ्यापछ्याप्ती छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चिती कम भएकोभन्दै तीन सय डलर माथिका मोबाइल आयातमा कडाई गरेपछि बजारमा गैर कानुनी (ग्रे मार्केट) मौलाएको नेपाल मोबाइल व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार नेपालमा आधिकारिक विक्रेता रहेका कम्पनीहरूबाट ३० प्रतिशत मात्र मोबाइल बजारमा उपलब्ध गराइएको छ । बाँकी ७० प्रतिशत मोबाइल गैर कानुनी रूपमा भित्रिएका छन् ।  अहिले नेपाली बजारमा ७० प्रतिशत मोबाइल फोन चोरी पैठारीको माध्यमबाट खुल्लमखुल्ला बिक्री भइरहेका महासंघको दावी छ ।