१७ बैशाख, २०८१ सोमबार

01:37:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साउन महिनामा नेपालमा २० अर्ब ६४ करोड बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

८ भदौ, २०७९

साउन महिनामा नेपालमा २० अर्ब ६४ करोड बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । नेपालले गत साउन महिनामा भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार साउन महिनामा भारतबाट नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेट आयात गरेको छ । भारतबाट नेपालले सोही अवधिमा ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास आयात गरेको विभागले जनाएको छ ।

 विभागका अनुसार गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८।७९ को साउन महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो ।