१३ बैशाख, २०८१ बिहिबार

08:14:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फेरि आउने भयो जनकपुरधाममा ‘भारत गौरव पर्यटक रेल’

Nepal Business

७ भदौ, २०७९

सोही रेल त्यसरी नै यही भदौ ११ गते साँझ ६ः३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिनुभयो ।

फेरि आउने भयो जनकपुरधाममा ‘भारत गौरव पर्यटक रेल’

काठमाडौँ,
‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ । 

असार ९ गते उक्त रेल चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । सो रेलमा १४ डिब्बा थिए । 

असार ९ गते उक्त रेल चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । सो रेलमा १४ डिब्बा थिए । 

त्यति बेला भारतको सङ्घीय राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए । 

प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए । 

रेलको दुई डिब्बामा योगसम्बन्धी तस्बीर कोरिएका थिए । रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूप झल्किने गरी चित्र सामग्री पनि राखिएको थियो । 

सोही रेल त्यसरी नै यही भदौ ११ गते साँझ ६ः३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिनुभयो । 

झाका अनुसार यहाँ आउन लागेको सो रेलमा यात्रा गर्ने धार्मिक यात्रुको बुकिङ भइरहेको छ । बुकिङ पूरा भइसकेपछि मात्र यात्रु सङ्ख्या यकिन हुनेछ ।