२३ भदौ, २०८१ आइतबार

08:03:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको एक महिनामा १२.९० प्रतिशतले घट्यो आयात, व्यापार घाटा कति ?

Nepal Business

७ भदौ, २०७९

चालु आर्थिक वर्षको एक महिनामा १२.९० प्रतिशतले घट्यो आयात, व्यापार घाटा कति ?

काठमाण्डौं । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना साउनमा आयात घटेको छ । सो अवधिमा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको हो ।

यो वर्षको पहिलो महिनाको तुलनामा १२.९० प्रतिशतले कम हो । गत आवको पहिलो महिनामा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको भन्सार विभागले जनँएको छ। 

विभागका अनुसार चालु आवको पहिलो महिनामा निर्यात २८.६८ प्रतिशतले घटेको छ । गत आवको सोही अवधीमा २० अर्ब ७६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो भने चालु आवको पहिलो महिनामा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ ।

चालु आवको पहिलो महिनामा १० प्रतिशतले ब्यापार घाटा घटेको छ । गत आवमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको व्यापमर घाटा भएको थियो भने चालु आवमा यो घाटा घटेर १ खर्ब १६ अर्व रुपैयाँमा झरेको छ ।