१८ माघ, २०८१ शुक्रबार
07:35:29 PM
७ भदौ, २०७९
काठमाण्डौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताउनुभएको छ ।
देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरवलोकन गरि सरकारलाई सिफारिस गर्न आयोग गठन गरिएको उहाँले बताउनुभयो ।
बैठकले बिमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेश्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने यस अघिको निर्णय खोरज गर्ने निर्णय गरेको छ भने बालाजु त्रिशुली सडक खण्डको मुड्खु तीनपिप्ले ५.५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडी बढाउन विशेष परिस्थीतिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।
त्यस्तै बैठकले फौजदारी कसुर दोश्रो शंसोधन नियमावली स्वीकृत गर्ने, बिधुतीय सुशासन आयोग आदेश स्वीकृति गर्ने र विदेशस्थीत नेपाली नियोगको आर्थिक कार्यबिधि स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको छ ।