१८ माघ, २०८१ शुक्रबार
07:29:52 PM
७ भदौ, २०७९
काठमाण्डौं । फुटपाथ व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानर बोकी फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा गरेका छन् ।
उनीहरुले सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरि स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।