१८ माघ, २०८१ शुक्रबार

04:34:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मिटरब्याज लिएर जनता ठग्नेलाई सरकारले नछाड्ने, मिटरब्याजी शाहको ससुरालीबाट ७१ लाखको कपाली तमसुक बरामद

Nepal Business

६ भदौ, २०७९

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार साहले १३ व्यक्तिसँग मिटर ब्याज चलाएर रु २० लाख ३३ हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासनमार्फत प्राप्त भई फरार रहेको मुद्दामा उनी पक्राउ परेका हुन् ।

मिटरब्याज लिएर जनता ठग्नेलाई सरकारले नछाड्ने, मिटरब्याजी शाहको ससुरालीबाट ७१ लाखको कपाली तमसुक बरामद

काठमाडौं । सरकराले मिटरव्याज लिएर जनता ठग्नेलाई कुनै हालतमा नछाड्ने जनाएको छ। 

गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही अघि बढाएको बताउनुभयो । 

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताउनुभयो । 

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताउनुभयो । 

मन्त्री खाणले वर्तमान सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी पनि गर्नुभयो ।

यसरी पक्राउ परे साह

महोत्तरी प्रहरीले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहलाई ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार साहले १३ व्यक्तिसँग मिटर ब्याज चलाएर रु २० लाख ३३ हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासनमार्फत प्राप्त भई फरार रहेको मुद्दामा शनिबार पक्राउ परेको हो । 

उनको ससुराली घरबाट रु ७१ लाख ४४ हजार तीन सय ५० को नौ थान कपाली तमसुक बरामद भएको हो ।

महोत्तरी, धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जनकपुर उपमहानगरपालिका–७ ससुराली घरबाट बरामद गरेको हो ।

अनुरुदले रु ५० हजारदेखि नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थात थलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाको उजुरी रहेको छ । 

निज साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले रु ४२ लाख ९२ हजार एक सय ९० बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दिएकोमा उनलाई अदालतले एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको छ भने सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ ।

मिटर ब्याजी अनुरुदलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार निजको आफ्नै गाउँमा भंगहा नगरपालिका–५ बाट पक्राउ गरेको थियो भने निजलाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको हो । 

अनुरुदसँग आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।